एजेन्सी- अफगानिस्तानमा विद्रोही समूह तालिबानले राजधानी काबुलबाहेक देशका सबै मुख्य सहर कब्जा गरेका छन्। लडाकुहरूले पूर्वी सहर जलालाबादमाथि आइतवार बिहानै नियन्त्रणमा लिएको हो ।
योसँगै सरकारको नियन्त्रणमा रहेको एक मात्र प्रमुख सहरको रूपमा राजधानी काबुल रहेको जनाइएको छ । तालिबानी लडाकुहरू राजधानी काबुल नजिकै पुगिसकेका छन् ।
अर्को महत्त्वपूर्ण उत्तरी सहर मजार-ए-शरिफमाथि कब्जा जमाएको भोलिपल्ट लडाकुहरूले पछिल्लो सफलता हासिल गरेका हुन्।




प्रतिक्रिया