अझै उठ्न सकेन तातोपानी नाका, मुख्य पुलमै क्षति हुँदा व्यापारीलाई समस्या

अझै उठ्न सकेन तातोपानी नाका, मुख्य पुलमै क्षति हुँदा व्यापारीलाई समस्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दुई महिना वित्न लाग्दासमेत सिन्धुपाल्चोकस्थित लिपिङ खोलाको पुल मर्मत नभएपछि ब्यापारीलाई समस्या भएको छ ।

गत असार १ गते आएको बाढीले लिपिङ खोलाको पुलमा क्षति पुर्‍याएको थियो । २०७१ को जुरे पहिरो, २०७२ को भूकम्प र भोटेकोसी बाढीको मारमा परेको तातोपानी नाका अझै उठ्न नसकिरहेको बेला मुख्य पुलमै क्षति हुँदा समस्या भएको हो ।

पुल भत्किँदा व्यापारीहरुलाई सामान आयात गर्न समस्या भएको छ । त्यस्तै चीनबाट ल्याउने अक्सिजन प्लान्ट लगायतका महत्वपूर्ण सामग्रीहरु पनि आयात गर्न समस्या भएको छ भने स्वास्थ्य सामग्री पनि लिपिङ पुलपारी नै रोकिएको छ । व्यापारी विजय शेर्पाले कन्टेनरमा ल्याइएको सामान क्रेन तथा भरिया लगाएर त्यस क्षेत्रमा ओसारपसार गर्नुपर्ने बाध्यता आइपरेको बताए ।

बाढीले लिपिङ खोलाको पुलको झण्डै आधा भाग भत्किाएको छ । तातोपानी नाकाको मुख्य समस्या भनेको सडक सञ्जाल हो । यस वर्षजस्तै गत वर्ष पनि बाढी पहिरोले सडकमा क्षति पु¥याएपछि समान आयातमा समस्या भएको थियो ।

सडक डिभिजन चरिकोटका डिभिजन प्रमुख विजयकुमार यादवले बाटो खुलाउने प्रयास भइरहेको बताए । तातोपानी नाकामा हरेक वर्ष वर्षातको समयमा हुने समस्याका कारण सडक सञ्जाल भत्किदा आयातमा समस्या आउने गरेको छ ।