न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने रिटमाथि दोस्रोपटक सुनुवाई हुँदै

न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने रिटमाथि दोस्रोपटक सुनुवाई हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने रिट दर्ताबारे दोस्रोपटक आज सुनुवाई हुँदैछ ।

रिट निवेदन दर्ता गर्ने वा नगर्ने भन्ने विषयमा सर्वोच्चमा परेको रिटमाथि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशमा सुनुवाई हुने भएको हो ।

अधिवक्ता प्रवेश केसीले सार्वजनिक सरोकारको मुद्दाअन्तर्गत सर्वोच्चमा दर्ताका लागि दिएको निवेदन १९ साउनमा सर्वोच्चले दर्ता गर्न नमिल्ने भन्दै दरपीठ गरिदिएको थियो । सो दरपीठ आदेश चित्तबुझ्दो नभएको भन्दै अधिवक्ता केसीले निवेदन दिएका थिए ।

निवेदनमाथि एकल इजलासमा सुनुवाई हुने व्यवस्था अनुसार २६ साउनमा पहिलोपटक न्यायाधीश प्रकासमानसिंह राउतको इजबलासमा सुनुवाई भएको थियो । आईतबार सोही रिट निवेदनमाथि दोस्रोपटक पेशी चढेको हो ।

अभिवक्ता केसीले रिटमा ‘न्याय परिषद् ऐन, २०७३ को दफा २९ को उपदफा ३ उपदफा १ र २ मा न्यायाधीशको सम्पत्ति गोप्य राखिनेछ भन्ने प्रावधानले नेपालको संविधानको धारा २७ ले दिएका अधिकार अनुचित रूपले बन्देज लगाएकाले सो प्रावधानलाई बदर गर्न माग गरेका छन् ।