मेगा बैंककाे एकैपटक ५ वटा नयाँ शाखा विस्तार

मेगा बैंककाे एकैपटक ५ वटा नयाँ शाखा विस्तार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मेगा बैंक नेपाल लिमिटेडले आइतबार ५ वटा नयाँ शाखाहरु विस्तार गरेको छ ।

बैंकले मोरङको सुन्दरहरैंचा नगरपालिका-१० विराटचोकमा, उदयपुरको त्रियुगा नगरपालिका-११ गाइघाटमा, रौतहटको चन्द्रपुर नगरपालिका- ४ चन्द्रपुरमा, चितवनको रत्ननगर नगरपालिका- ६ सौराहामा र कास्कीको पोखरा महानगरपालिका- ६ गौरीघाटमा शाखाहरु विस्तार गरेको हो ।

यी शाखाहरुबाट बैंकिङ कारोबारको प्रारम्भ आइतबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिए । बैंकले यो एक महिनाको अवधिमा मात्रै १२ वटा शाखा विस्तार गरिसकेको छ ।

अहिले मेगा बैंकका देशभर १९० शाखा कार्यालयहरु रहेका छन् भने थप ४ वटा शाखाहरु सञ्चालनमा आउने तयारीमा रहेका छन् । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकले गुणस्तरीय र छिटो छरितो सेवा तथा डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आइरहेको छ ।