अर्थ समितिमा धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाको जवाफ : छोरीले सेयर किन्दा मैले जवाफदेही हुनुपर्दैन

अर्थ समितिमा धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाको जवाफ : छोरीले सेयर किन्दा मैले जवाफदेही हुनुपर्दैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले आफ्नो बचाउ गरेका छन् । ढुंगानाकी छोरीले सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको बिषयमा सर्वत्र आलोचना भएपछि संसदको अर्थ समितिले चासो राखेको थियो ।

बुक बिल्डिङ्गमा आधारित सर्वोत्तम सिमेन्टको सेयर १०–१० हजार कित्ता बोर्ड अध्यक्ष भीष्मराज ढुंगाना, नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक चन्दसिंह साउदकी श्रीमती सुशीला कुमारी बोहोराका नाममा देखिएको थियो । अध्यक्ष ढुंगानाले छोरीले सेयर किन्दा आफू जवाफदेही हुनुनपर्ने जवाफ समितिमा पेस गरेका छन् ।

ढुंगानाले एक त सेयर बिक्रीसम्बन्धी कानुनले विवाहीत छोरी एकाघर परिवारको सदस्यका रूपमा लिन नसकिने अर्कोतर्फ, सर्वोत्तम सिमेन्ट कम्पनी बोर्डको नियमन दायरामा नरहेको हुनाले आफ्नो संलग्नता पुष्टी नहुने भन्दै आफूलाई बचाउ गर्न खोजेका छन् ।

ढुङ्गानाले नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा शर्त नियमावली २०६८ को नियम २ (क) मा परिवार भन्नाले कर्मचारीसङ्ग बस्ने तथा निज आफैँले पालन पोषण गर्नुपर्ने पति, पत्नी, छोरा, अविवाहित छोरी, धर्मपुत्र, अविवाहित धर्मपुत्री, जन आमा वा सौतेनी आमा सम्झनुपर्ने व्यवस्था उल्लेख गरेका छन् । र ती शब्दले पुरुष कर्मचारीको हकमा निजको बाबुतर्फको बाजे, बज्यै तथा महिला कर्मचारीको हकमा निजको सासु, ससुरासमेतलाई जनाउने व्यवस्था रहेको छ ।