काठमाण्डु— नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१२ हजार १०६ जनाको परीक्षण गर्दा २ हजार २१२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी आज देशभर एक हजार ८ सय ६८ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार दुई सय ९८ पुगेको मन्त्रालयले जनाएको छ । आज ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।




प्रतिक्रिया