जसपा आधिकारिकता विवाद : महन्त ठाकुरको मुद्धामा सर्वोच्चमा सुनुवाई हुँदै

जसपा आधिकारिकता विवाद : महन्त ठाकुरको मुद्धामा सर्वोच्चमा सुनुवाई हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)को महन्त ठाकुर पक्षले सर्वोचच अदालतमा हालेको मुद्धामा आज सुनुवाई हुँदैछ । निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि महन्थ ठाकुरले निर्वाचन आयोगविरुद्ध हालेको रिटमाथि सुनुवाई हुन लागेको हो ।

उक्त रिटमाथि न्यायाधीशहरू दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।निर्वाचन आयोगले ११ साउनमा कार्यकारिणी समिति सदस्यको बहुमत संख्याको आधारमा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो ।

ठाकुर निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भई केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने र आफूलगायत सम्पूर्ण सरोकारवालालाई अपूरणीय क्षति हुने भन्दै सर्वोच्च पुगेका थिए । पार्टी आधिकारिकताको सन्दर्भमा आयोगले गरेको निर्णय खारेजीको मागदाबीसहित ठाकुरले पहिलोपटक साउन ८ र दोस्रो पटक १५ गते सर्वोच्च अदालतमा दुई थान रिट दायर गरेका थिए ।

उक्त पहिलो रिटमा साउन १० गते न्यायाधीश कुमार रेग्मीको एकल इजलासले छलफलमा बोलाउने आदेश दिएको थियो भने १५ गते न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार चुडालको इजलासले दुवै मुद्दालाई सँगै राखेर सुनुवाइ गर्ने आदेश गरेको थियो । आजको रिटमा तेस्रो सुनुवाइ हुँदै छ ।