काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले शेरबहादुर देउवा साहसी प्रधानमन्त्री भन्दै उनको प्रशंसा गरेका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद यादवले मैदानबाट देउवा नभागेको भन्दै संसदमा बहुमत ल्याएर देखाएको बताए ।
उनले ओली मैदान छाडेर भागेर राष्ट्रपतिकहाँ पुगेको जिकिर गर्दै भने, ‘बहुमत नलिइ ओली रणभूमि छाडेर भागेर राष्ट्रपतिकहाँ पुगे । १४९ जना सांसदसहित हामी देउवालाई प्रधानमन्त्री बनाउँछौँ भन्दा राष्ट्रपतिले मानिनन् । तर साहसी शेरबहादुर देउवा भागेनन् । त्यस्तो साहसी प्रधानमन्त्रीलाई हेप्ने ? उनले एमालेमाथि आक्रोश पोखे ।
सांसद यादवले गठबन्धन सरकार १८ महिना जाने बताए । ‘कुनै शंका छैन, यो गठबन्धन सरकार १७ महिना जान्छ । त्यसपछि फेरि शेरबहादुर देउवाकै नेतृत्वमा अर्को चुनावबाट गठबन्धनले बहुमत ल्याएर ५ वर्षका लागि आउनेछ ।’
सांसद यादवले देउवा नेतृत्वको सरकार परमादेशको नभएको पनि दाबी गरे । ‘यो सरकार परमादेशको सरकार हो भनिरहेका छन्, सुन्दा गज्जब लागेको छ । बोल्न सिपालु भएमा जे पायो त्यही पनि गर्न सकिन्छ,’ उनले भने ।




प्रतिक्रिया