काठमाण्डु – नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारले संसदको चालु अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेकोमा आपत्ति जनाएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा नेता बस्नेतले हिजो संसदीय व्यवस्थामाथि चुनौती दिने र केपी ओली सरकारलाई गाली गर्ने सरकारले आज एमाले विभाजन गर्ने अध्यादेश ल्याए संसदीय इतिहासमा कालो निर्णय हुने बताए ।
‘सरकारले आज एउटा गज्जबको निर्णय गर्दैछ भन्ने सुनेँ, यो संसद अन्त्य गर्ने नेकपा एमाले विभाजन गर्ने अध्यादेश ल्याउने’ उनले भने, ‘डेढ महिनासम्म हिजो संसदीय व्यवस्था चुनौती दिने र केपी ओली सरकारलाई गाली गर्ने सरकारले आज यो निर्णय ग¥यो भने संसदीय इतिहासमा कालो निर्णय हुनेछ ।’




प्रतिक्रिया