काठमाण्डु – नेकपा एमालेका सांसद भीम रावलले सरकारले उच्चस्तरिय वार्ता समिति बनाएर बेलायती सरकारसँग कुरा गर्नुपर्ने बताएका छन् ।
सोमरबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रावलले बेलायतको लन्डनमा जारी भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको आमरण अनसनबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘विभिन्न मागसहित १७ दिनदेखि उहाँहरु आमरण अनसनमा हुनुहुन्छ । बेलायती सांसदहरुले समेत उहाँहरुको मागबारे सचेत गराइसकेको अवस्था छ । सरकारले उच्चस्तरिय वार्ता समिति बनाएर बेलायती सरकारसँग कुरा गर्न आवश्यक छ,’ उनले भने ।
एमालेले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको आमरण अनसनबारे के भइरहेको छ ? भन्ने संसदलाई जानकारी गराउन माग गरेको छ ।




प्रतिक्रिया