सोमबार नेप्से सामान्य अंकले वृद्धि, कारोबार रकम १६ अर्ब नजिक

सोमबार नेप्से सामान्य अंकले वृद्धि, कारोबार रकम १६ अर्ब नजिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सोमबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक ५.७२ अंकले बढेर ३१६०.०५ विन्दुमा पुगेको छ ।यस्तै ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ३.५६ अंकले बढेर ५९२.९३ विन्दुमा पुगेको छ ।

आज कुल २ सय २७ कम्पनीको २ करोड ८६ लाख १७ हजार ८ सय ५ कित्ता शेयर १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९ सय ८३ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।

यस दिन व्यापार, विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य, माइक्रोफाइनान्स, इन्भेष्टमेन्ट उपसमूहको सूचक बढेको छ । यस्तै ५ कम्पनीको शेयरमुल्यमा उच्च गिरावट आएको छ । आईसीएफसी फाइनान्सको शेयरमुल्य ६.२७ प्रतिशतले घटेर प्रतिकित्ताको शेयरमुल्य ९५६ पुगेको छ ।

यस्तै, माउटेन इनर्जी नेपालको ५.३३ प्रतिशतले घटेर शेयरमुल्य १ हजार २८०, युनियन लाइफको ४.५३ प्रतिशले घटेर शेयरमुल्य ८१६, ङादस् ग्रुप पावरको ४.३३ प्रतिशतले घटेर शेयरमुल्य १ हजार १५ र नेपाल एसबिआईको शेयरमुल्य ३.४१ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य ४१०.५० पुगेको छ ।

सोमवार ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोवारमा सकारात्मक सर्किट ब्रेक लागेको हो । यी कम्पनीहरूको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दा आइसीएफसी फाइनान्स लिमिटेडले सबैभन्दा बढी नोक्सानी ब्यहोरेको छ । कारोबार रकमका आधारमा सोमवार सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको ७४ करोड ९७ हजार ४ सय ५६ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।