काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई विभाजन गर्ने षडयन्त्र भएको आरोप लगाएका छन् ।
सोमबार राति विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले संसद अधिवेशन अन्त्य गरेर राजनीतिक दल विभाजनसम्वन्धी अध्यादेश ल्याएर एमालेलाई विभाजन गर्ने षडयन्त्र भएको दावी गरेका हुन । उनले त्यसो गरिए आफ्ना लागी मान्य नहुने चेतावनी समेत दिएका हुन ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित सत्ता गठबन्धले दल विभाजनसम्बन्धी अध्यादेशको मस्यौंदा तयार गरिसकेको छ । उक्त मस्यौदाअनुसार अव दल विभाजन गरेर नयां दल खोल्न पार्टीको केन्द्रीय कमिटी या संसदीय दलमध्ये एउटामा एक चौथाई अर्थात २५ प्रतिशत संख्या भए पुग्नेछ । नयां दल गठनसंगै नेपाल समुह सरकारमा जाने टुंगो लागेको छ ।
राजनीतिक दलसम्बन्धि विद्येयक अध्यादेशमार्फत ल्याउने तयारी भएकाले नै सोमबार संसद अधिवेसन अन्त्य गरिएको थियो ।
एमाले अध्यक्ष ओलीले त्यसपछि सोमबार आप्mनै निवास वालकोटमा एमालेका वरिष्ठ नेताहरुसंग छलफल गरेका थिए । त्यसपछि राती नै उनले विज्ञप्ती जारी गरेका हुन ।
ओलीले जारी गरेको विज्ञप्तिमा पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरुविरुद्ध दृढताका साथ उभिन अपिल गरिएको छ ।





प्रतिक्रिया