एमाले अध्यक्ष ओलीले बोलाए स्थायी र केन्द्रीय कमिटी बैठक

एमाले अध्यक्ष ओलीले बोलाए स्थायी र केन्द्रीय कमिटी बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी समिति बैठक बस्दैछ । वैठक विहान ११ बजे बस्नेछ । त्यसपछि ३ बजे केन्द्रीय समितिको बैठक बोलाइएको छ । सरकारले संसद अधिवेशन अन्त्य गरेलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एमले विभाजन गर्नको लागी राजनीतिक दल विभाजनसम्वन्धी विद्येयक अध्यादेशमार्फत ल्याउने तयारी गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई विभाजन गर्ने षडयन्त्र भएको आरोप लगाउंदै सोमबार विज्ञप्ती जारी गरेका थिए ।

उनले त्यसो गरिए आफ्ना लागी मान्य नहुने चेतावनी समेत दिएका हुन ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित सत्ता गठबन्धले दल विभाजनसम्बन्धी अध्यादेशको मस्यौंदा तयार भइसकेको छ । उक्त मस्यौदाअनुसार अव दल विभाजन गरेर नयां दल खोल्न पार्टीको केन्द्रीय कमिटी या संसदीय दलमध्ये एउटामा एक चौथाई अर्थात २५ प्रतिशत संख्या भए पुग्नेछ । नयां दल गठनसंगै नेपाल समुह सरकारमा जाने टुंगो लागेको छ ।