जसपाको केन्द्रीय समिति बैठक आजदेखि, यस्ता छन् बैठकका एजेण्डा

जसपाको केन्द्रीय समिति बैठक आजदेखि, यस्ता छन् बैठकका एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । जसपा नेता नवराज सुवेदीका अनुसार दुई दिनसम्म चल्ने बैठक बिहान ११ बजेदेखि डिल्लीबजारस्थित एक पार्टी प्यालेसमा बस्न लागेको हो ।

सोमबार पार्टीको कार्यकारिणी समिति बैठकले केन्द्रीय समितिमा पेस हुने एजेण्डा तय गर्ने र त्यो एजेण्डाभित्र रहेर छलफल प्रारम्भ गरिने जनाइएको छ । बैठकमा अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक अवस्थाका विषयमा प्रतिवेदन पेश गर्ने र त्यस विषयमा केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने बताइएको छ ।

यस्तै बैठकमा पार्टी संगठनात्मक सुदृढीकरण र जनजागरणका लागि चार महिने अभियानका विषयमा प्रस्ताव गरिनेछ । अभियानको संयोजकको रुपमा अशोक राईको नाम प्रस्ताव गरिएको छ । अन्य विविध विषयका रुपमा सरकार लगायत संगठन विस्तारका विषयसमेत समेटिएका छन् ।

निर्वाचन आयोगले पार्टी आधिकारिकता विवादलाई टुंगो लगाउँदै जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो । जसपाका ८ सय १ जना केन्द्रीय समिति सदस्यमध्ये ६ सयभन्दा धेरै आफ्नो पक्षमा रहेकोे उपेन्द्रपक्षको दाबी छ ।