प्रधानमन्त्रीलाई महन्थ ठाकुरको आग्रहः कानूनी बाटाे फुकाइदिनूस्

प्रधानमन्त्रीलाई महन्थ ठाकुरको आग्रहः कानूनी बाटाे फुकाइदिनूस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)का नेता महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

मंगलबार बिहान बालुवाटार पुगेका नेता ठाकुरले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेका बेला नेता ठाकुरले देउवासँग भेटवार्ता गरेको स्रोतले जानकारी दिए ।

‘दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर कानूनी बाटो फुकाइदिन आग्रह गर्नुभएको छ । यसमा प्रधानमन्त्रीले पनि सकारात्मक प्रतिक्रिया दिनुभएको छ,’ स्राेतले भन्याे ।

हाल दल विभाजनका लागि ४० प्रतिशत केन्द्रीय समिति आवश्यक पर्छ । तर, ठाकुर पक्ष संख्या नपुगेका कारण अफ्ठ्यारो अवस्थामा छ ।

आफूलाई सहयोग गरे जसपाका माग पूरा गर्ने बचन दिएका देउवालाई ठाकुर पक्षले प्रतिनिधिसभामा विश्वासको मत दिएको थियो ।