सानिमा बैंकद्धारा १० लाखको दुर्घटना बिमा दाबी भुक्तानी

सानिमा बैंकद्धारा १० लाखको दुर्घटना बिमा दाबी भुक्तानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सानिमा बैंकले सानिमा दिर्घायु बचत योजनाअन्तर्गत १० लाखको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ ।

खातावाला हिमप्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएकोले बैंकले उनका हकवाला श्रीमती तनमाया घर्ती पुनलाई सानिमा दिर्घायु बचत योजनाअन्तर्गत १० लाख दुर्घटना बिमा रकम प्रदान गरेको हो ।

बिमाको रकम तनमायालाई सानिमा बैंक, अमरसिंह शाखाका शाखा प्रबन्धक वीरेन्द्र लाल श्रेष्ठले प्रदान गरेका थिए । मृतक हिम प्रकाश घर्ती पुनले सानिमा बैंक अमरसिंह शाखामा सानिमा दिर्घायु बचत खाता खोलेका थिए ।

सानिमा बैंकले दिर्घायु बचत योजनाअन्तर्गत १० लाखको दुर्घटना बिमा, ३ लाखसम्मको ६ जटिल रोगको उपचार बिमा, ५० हजार सम्मको स्वास्थ बिमा र ५ हजार सम्मको स्वास्थजाँच सुविधा प्रदान गर्दै आइरहेको छ ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९५ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।