काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी एकताको पक्षमा उभिन आह्वान गरेका छन् ।
मंगलबार ट्वीटमार्फत उपाध्यक्ष रावलले विभाजित दल होइन एकता जोगिनुपर्ने बताएका छन् । कवितामार्फत उनले शीर्ष नेताहरुलाई पद र प्रतिष्ठाका पर्खालहरु तोडिन आग्रह गरेका छन् ।
‘पत्र मात्र फेरिँदैमा हुँदैहुँदैन, प्रवृति फेरिनुपनर्छ । मीठा शब्दजालहरुमा होइन, व्यवहारमा हेरिनुपर्छ । सार्थहरुको परिभाषा राष्ट्रिय हितमा खोजिनुपर्छ । व्यक्ति विशेषको तुष्टी होइन, सामूहिक भलाई रोजिनुपर्छ,’ उपाध्यक्ष रावलले भनेका छन, ‘विभाजित दल, समाज र देश होइन एकता जोगिनुपर्छ । पद प्रतिष्ठा र अहंकारका पर्खालहरु सर्वत्र तोडिनुपर्छ । विगतमा हिँडेका पाइलाका डोबहरु गम्भीररुपमा खोजिनुपर्छ । आफ्नै सिर्जना र कोरेको बाटो ठण्डा दिमागले बुझिनुपर्छ ।’
उनले मातृभूमिको चित्कार र पीडितहरुको क्रन्दन सुन्न र कामको परिणाम यथोचित गुनिनुपर्ने बताएका छन् ।
‘आवेश, इष्र्या र बदलाको आगो जिम्मेवारी बोधले निभाइनुपर्छ । ध्वंश र विनाशको दिशा होइन, निर्माणको मार्ग समाइनुपर्छ ।’





प्रतिक्रिया