काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशमा समानुपातिक सांसद थप गरेको छ ।
सोमबार बसेको जसपाको कार्यकारिणी बैठकले प्रदेशसभा सदस्य कल्पना पाण्डेयको ठाउँमा नयाँ सांसद निर्मला मुडभरी भट्टराईलाई नियुक्त गर्न सिफारिस गरेको हो ।
जसपाका नेता मोहम्मद ईस्तियाक राइले रुपन्देहीको सिहारी गाउँपालिका वार्ड ५ बस्ने निर्मला मुडभरी भट्टराईलाई पाण्डेयको ठाउँमा नियुक्त गरेको जानकारी दिए । उनले निर्मलाको नाम निर्वाचन आयोगमा दर्ता समेत भइसकेको बताए ।
पार्टीको नीतिविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै पाण्डेयलाई जसपाले पार्टीबाट निष्कासन गरेको थियो ।




प्रतिक्रिया