काठमाण्डु – सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको मन्त्रिपरिषद्को बैठकले अध्यादेश पारित गर्ने सम्भावना रहेकाे स्राेतले जानकारी दियाे ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेको माधव नेपाल र जसपाको महन्थ ठाकुर पक्षलाई सहज हुनेगरी अध्यादेश ल्याउने भएका हुन् ।
आज बिहान महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका थिए । दल विभाजनसम्बन्धी अध्यादेश आउनु अघि उनीहरुले देउवासँग भेटवार्ता गरेका हुन् ।
हाल दल विभाजनका लागि ४० प्रतिशत केन्द्रीय समिति आवश्यक पर्छ । तर, ठाकुर पक्ष संख्या नपुगेका कारण अफ्ठ्यारो अवस्थामा छ ।आफूलाई सहयोग गरे जसपाका माग पूरा गर्ने बचन दिएका देउवालाई ठाकुर पक्षले प्रतिनिधिसभामा विश्वासको मत दिएको थियो ।




प्रतिक्रिया