काठमाण्डु – नेकपा एमालेले दुई सांसदलाई पदमुक्त गर्न लुम्बिनी प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको छ ।
पार्टीको विधान र संसदीय दलको विधान, नियम र पार्टीको निर्देशनविपरीत गतिविधि गरेको भन्दै एमालेले सांसदहरु अजय शाही र सांसद विमला खत्री ओलीलाई पदमुक्त गर्न पत्राचार गरेको हो ।
सूर्य चिन्ह लिएर निर्वाचित शाही र विमला ओलीलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरिएको प्रदेशसभामा एमालेका मुख्यसचेत भुमिश्वर ढकालले बताए ।
शाहीले आफू स्वतन्त्र सांसद भएकोले एमालेको ह्विप नलाग्ने दाबी गर्दै आएका छन् । ओली भने कहिले एमाले, कहिले नेकपा माओवादी भएको भन्दै विवादास्पद बन्दै आएकी छन् ।




प्रतिक्रिया