दल विभाजनसम्बन्धी अध्यादेशको मस्यौदा तयार, २० प्रतिशत भए पार्टी फुटाउन मिल्ने

दल विभाजनसम्बन्धी अध्यादेशको मस्यौदा तयार, २० प्रतिशत भए पार्टी फुटाउन मिल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले दल विभाजनसम्बन्धी अध्यादेशको मस्यौदा तयार पारेको छ । केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पार्टी विभाजन गर्न मिल्ने गरी अध्यादेशको मस्यौदा तयार भएको हो ।

सरकारले राजनीतिक दल सम्बन्धी ऐन २०७३ संशोधन गर्दै अध्यादेशकाे मस्यौदा  तयार गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको माधव नेपाल र जसपाको महन्थ ठाकुर पक्षसँग छलफल गरेर उक्त व्यवस्था गराएका हुन् । उनले कानून सचिवलाई बालुवाटार बोलाएर अध्यादेशको मस्यौदा तयार गर्न लगाएका हुन् ।