वामदेव गौतमसहित पत्नी तुलसा र माया ज्ञवाली माधव नेपाल समूहमा लागे

वामदेव गौतमसहित पत्नी तुलसा र माया ज्ञवाली माधव नेपाल समूहमा लागे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमसहित पत्नी तुलसा थापा र माया ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेका छन् । यसअघि ओलीलाई समर्थन गरेका उनीहरुले सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि माधव नेपाल पक्षमा लागेका हुन् ।

काठमाण्डुको अर्याल होटलमा जारी नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा उनिहरु सहभागी भएका छन् । गौतमले आफूले माधव नेपाललाई साथ दिने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिने बेला आफूसँग रहेका २२ जना सांसदसँग नेपालले छलफल गरेका हुन् । सरकारले ल्याउन लागेको राजनीतिक दलसम्बन्धी अध्यादेश र नयाँ पार्टी खोल्ने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।