काठमाण्डु – नेकपा एमालेले २ सय ६० जना केन्द्रीय कमिटीको सदस्यहरुको सूची निर्वाचन आयोगमा बुझाएको छ ।
सरकारले दल विभाजन सम्बन्धी ऐन ल्याएपछि एमालेले आयोगमा २ सय ६० जना केन्द्रीय सदस्यहरुको विवरण अद्यावधिकका लागि निवेदन दिएको हो ।
एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले माधव नेपाल सहितका नेताहरुको नामसमेत आयोगमा पठाइएको जानकारी दिए ।
‘हामीले माधवकुमार नेपाललगायतका नेताहरुलाई हटाएका छैनौं । नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पछि थपेका केन्द्रीय सदस्यहरुसहितको विवरण हामीले अध्यावधिक गर्न पठाएका छौं,’ उनले भने ।




प्रतिक्रिया