काठमाण्डु – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशबारे विरोध जनाएका छन् ।
सत्तारुढ दलका केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले राजकाजबाट सत्ता चलाउने सोचले ल्याएको अध्यादेशको समर्थन गर्न नसकिने बताएका छन् ।
उनले सरकारले संसदबाट परिमार्जन र सुधारसहित बजेट पास गर्नेतर्फ सकृयता देखाउनुपर्नेमा प्रधानमन्त्रीको उक्त कदम कांग्रेसको संस्कारभित्र नपर्ने बताए ।
‘सरकार सञ्चालनको सुविधाको लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याइएको हुन सक्छ तर अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न सकिन्न,’ कोइरालाले भनेका छन्, ‘सरकारले संसदबाट परिमार्जन र सुधारसहित बजेट पास गर्नेतर्फ सकृयता देखाउनुपर्थ्यो । यो चुक प्रधानमन्त्रीबाट भयो, यो कांग्रेसको संस्कार होइन ।’
मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पार्टी विभाजन गर्न मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो ।




प्रतिक्रिया