काठमाण्डु – नेकपा एमालेले तीन दिन भित्र संसद बैठक बोलाउन माग गरेको छ ।
आज बसेको एमाले संसदीय दलको बैठकले सरकारले हालै जारी गरेको अध्यादेश फिर्ता लिएर संसद बैठक बोलाउन माग गरेको हो । संसद छलेर अध्यादेश ल्याएको भन्दै एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई अलोकतान्त्रिक भनेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजन गर्न सरकारले ल्याएको अध्यादेश कांग्रेसका लागि महँगो पर्ने चेतावनी दिएका छन् । उनले एमाले फुटाउन खोज्दा कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने बताए ।
सरकारले सोमबार संसदको चालु अधिवेशन अन्त्य गरेको थियो । साथै आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले दल विभाजनसम्बन्धी अध्यादेशसमेत ल्याएको छ।




प्रतिक्रिया