अध्यादेशको समर्थन गर्ने भए कांग्रेसले सार्वजनिक माफी माग्नुपर्छः गगन थापा

अध्यादेशको समर्थन गर्ने भए कांग्रेसले सार्वजनिक माफी माग्नुपर्छः गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले हठातमा अध्यादेश ल्याउनु गलत रहेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत नेता थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले हठातमा अध्यादेश ल्याएको भन्दै चर्को विरोध गरेका छन् ।

‘संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत,आज गलत,सधैं गलत,जसले गरेपनि गलत हिजो ओलीले ल्याउँदा गलत भन्ने,त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन÷हुँदैन । समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ,’ उनले भनेका छन् ।

नेता थापाले गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने केपी शर्मा ओली र राष्ट्रपति कसैलाई पनि अध्यादेशको विरोध गर्ने हक नभएको बताएका छन् ।

‘संगैमा, गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार,समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन\हुँदैन । विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ,’ उनले भने ।