संसद पुनःस्थापनाको माग गर्दै दायर भएका सार्वजनिक सरोकारका रिटको सुनुवाई संवैधानिक इजलासमा

संसद पुनःस्थापनाको माग गर्दै दायर भएका सार्वजनिक सरोकारका रिटको सुनुवाई संवैधानिक इजलासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै दायर भएका सार्वजनिक सरोकारका रिटको सुनुवाई संवैधानिक इजलासमा हुने भएको छ ।

संसद पुनःस्थापना गर्न आदेश दिएको संवैधानिक इजलासमा सार्वजनिक सरोकारका रिटको सुनुवाई हुने भएको हो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जरबरा, न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, आनन्दमोहन भट्टराई र ईश्वर खतिवडा रहेका छन् ।

राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटनमा सहयोग गरेको भन्दै अदालतमा २९ वटा सार्वजनिक सरोकारका निवेदन परेका थिए ।

गत असार २८ गते संवैधानिक इजलासले संसद पुनःस्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।