तालिबानको कब्जापछि अफगानिस्तानमा बुर्खाको मूल्य दश गुणा बढ्यो

तालिबानको कब्जापछि अफगानिस्तानमा बुर्खाको मूल्य दश गुणा बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – तालिवानले सिंगो देश कब्जामा लिएपछि अफगानिस्तानमा बुर्खाको मूल्य ह्वात्तै बढेको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार तालिवान शक्तिमा आएपछि बुर्काको मूल्य दश गुणासम्म बढेको हो । अहिले काबुललगायत प्रमुख शहरहरुमा बुर्खाको अभाव भएको छ । साथै माग बढेपछि कालोबजारी समेत भएको छ ।

अहिले पसलहरुमा बुर्का किन्ने महिलाहरुको भिड बढेको छ भने व्यापार सबैभन्दा बढी फष्टाएको छ । अफगानिस्तानमा २० वर्ष अघि तालिवानीले आफ्नो शासनमा महिलाहरुलाई बुर्का लगाउन वाध्य पार्नुका साथै विद्यालय जानबाट बन्देज लगाएका थिए । इस्लामिक परम्परा अनुसार मात्र चल्नुपर्ने नियम राखेका थिए ।

यसपटक पनि तालिवानी लडाकुहरु काबुलतर्फ अघि बढ्दै गर्दा नै त्यहीं हुनसक्ने भन्दै त्यहाँका महिलाहरु  बुर्खा किन्न निस्केका थिए । कोहि महिलाहरु बुर्खा नभएका कारण घर भित्र नै बस्न बाध्य भएको बताइएको छ ।