दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने राष्ट्रपतिको तयारी

दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने राष्ट्रपतिको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गर्ने तयारी गरेकी छन् । शेरबहादुर देउवा नेतृत्वको क्याबिनेटले मंगलबार प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमा पेश गरेको अध्यादेश भण्डारीले जारी गर्ने तयारी गरेकी हुन् ।

उनले प्रमाणिकरणका लागि आएको दल विभाजन सम्बन्धी अध्यादेश अध्ययन गर्न समय लागेकाले आजै जारी हुने राष्ट्रपति कार्यालयले जनाएको छ । अध्यादेश ल्याएपछि हिजै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति समक्ष भेटवार्ता गरेका थिए ।

केन्द्रीय सदस्य वा संसदीय दलमा २० प्रतिशत भए दल विभाजन गर्न सकिने प्रावधानसहित सरकारले अध्यादेश ल्याएको हो । यसको प्रत्यक्ष फाइदा एमालेको माधव नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षलाई पुग्नेछ ।

नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेश जारी नगर्न सरकारलाई चेतावनी दिएको छ । साथै जनता समाजवादी पार्टी उपेन्द्र पक्ष र नेपाली कांग्रेसभित्रै दल विभाजन सम्बन्धी अध्यादेश गैरसंवैधानिक रुपमा ल्याइएको भन्दै देउवाको चर्को आलोचना भइरहेको छ ।