देउवा सरकार पार्टी विभाजन गर्न ल्याएका होइनौँः नेता आचार्य

देउवा सरकार पार्टी विभाजन गर्न ल्याएका होइनौँः नेता आचार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता भीम आचार्यले वर्तमान सरकार संसद् र संविधान जोगाउनका लागि मात्रै ल्याएको बताएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले २० प्रतिशतले चाहेको अवस्थामा पार्टी विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि असन्तुष्टि व्यक्त गर्दै उनले पार्टी विभाजनको लागि आफूहरूले सहयोग नगरेको बताएका हुन्।

नेता आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रतिनिधिसभा विघटनविरोधी अभियान संसद संविधान र लोकतान्त्रिक प्रक्रिया बचाउन का लागि गरिएका थिए । पार्टी विभाजन गर्नको लागि होइन । नेकपा एमालेको विभाजनले लोकतन्त्र, गणतन्त्र,र क्रान्ति का उपलब्धीहरु लाई कमजोर पार्दछ । अग्रगमन को यात्रा मा गम्भिर धक्का दिन्छ।’

त्यसैगरी उनले लोकतन्त्र संविधान र स्थायित्वलाई कमजोर पार्ने सबै खाले प्रतिक्रियावादीहरुको उक्साहट र सहयोगमा ल्याइएको अध्यादेश असंवैधानिक र प्रतिगामी कदम भएकाले तुरुन्तै फिर्ता लिन माग गरेका छन्।

उनले अगाडी लेखेका छन्, ‘पार्टी विभाजन गर्ने गरी गरिएका सबै हस्ताक्षर फिर्ता लिन म सबै नेता तथा सांसदहरुलाई तथा विभाजन रोक्न भनि गरिएका कार्बाही फिर्ता लिन पार्टी नेतृत्वलाई हार्दिक अपिल गर्दछुु । विभाजनले सबै न्याय प्रेमी जनतालाई दुखित र प्रतिक्रियावादीहरूलाई खुसी पार्दछ ।’