काठमाण्डु – नेकपा एमालेले कारबाही गरेकाे माधव नेपाल नेपाल समूहका १६ जना सांसदको सूची सभामुख समक्ष पेश भएको छ ।
एमालेले माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको पत्र सभामुख अग्नि प्रसाद सापकोटा समक्ष पेश भएको हो । बुधबार संसद सचिवालयका महासचिव भरतराज गौतमले एमालेले कारबाही गरेको पत्र सभामुख समक्ष पेश गरेका हुन् ।
कारबाहीमा पर्नेमा नेता नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, विरोध खतिवडा, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी रहेका छन् ।




प्रतिक्रिया