महन्थ ठाकुरले नयाँ पार्टी गठन गर्ने, नाम जसपा ‘लोकतान्त्रिक’

महन्थ ठाकुरले नयाँ पार्टी गठन गर्ने, नाम जसपा ‘लोकतान्त्रिक’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)को महन्त ठाकुरले नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसँगै नेता ठाकुरले नयाँ पार्टी गठन गर्ने तयारी गरेका हुन् ।

ठाकुर पक्षकी नेतृ चन्दा चौधरीले अध्यादेश राजपत्रमा आएपछि नयाँ पार्टी गठन गर्ने तयारी भएको बताइन् । ठाकुर पक्षले नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) ‘लोकतान्त्रिक’ राख्ने तयारी गरेको छ ।

निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादवलाई दिएपछि ठाकुर, राजेन्द्र महतो लगायत जसपामा साधारण सदस्य मात्र छन् ।