सेयर बजारमा हरियाली, नेप्से ३८ अंकले बढ्यो

सेयर बजारमा हरियाली, नेप्से ३८ अंकले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेप्से परिसूचक बुधबार ३८.२८ अंकले उकालो लागेको छ । आज नेप्से ३८.२८ अंकले उकालो लागेर  ३१९८.६० बिन्दुमा  कायम भएको छ । आज करिब २१ अर्ब बराबरको सेयर कारोबार भएको छ ।

यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ४.८३ ले ओरालो लागेर ५९८.११ मा पुगेको छ । आज कुल २२८ कम्पनीको ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता सेयर २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार ७५१ मूल्यमा खरिदबिक्री भएका छन् ।

आज विकास बैंकको ३३०.४६ ले उकालो लागेको छ । यता व्यापार १५.५१ ले ओरालो लागेको छ । कारोबारका आधारमा आज नेश्नल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७८ करोड बराबरको कारोबार भएको छ ।