अफगानिस्तान छोडेर भागेका असरफ घानी यूएईमा

अफगानिस्तान छोडेर भागेका असरफ घानी यूएईमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानी यूएई पुगेका छन् । तालिबानले राजधानी काबुल कब्जा गरेपछि देश छाडेर भागेका उनी युनाइटेड अरब एमिरेट्स (यूएई) पुगेका हुन् ।

यूएईको विदेश मन्त्रालयले घानी आफ्नो देशमा भएको पुष्टि गरेको सीएनएनले उललेख गरेको छ । यूएईले राष्ट्रपति असरफ घानी र उनको परिवारलाई मानवीय आधारमा आफ्नो देशमा स्वागत गरेको बताएको छ ।

सुरुमा घानी ताजिकिस्तानतर्फ भागेको बताइएपनि पछि उनी कहाँ छन् भन्ने खुलाइएको थियो ।