माधव नेपालको समाजवादी पार्टीमा गएको छैन : प्रदीप नेपाल

माधव नेपालको समाजवादी पार्टीमा गएको छैन : प्रदीप नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता प्रदिप नेपालले आफु माधव नेपालको नयाँ पार्टीमा नगएको बताएका छन् ।

नेकपा एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको एमाले समाजवादीको केन्द्रीय सदस्य राखिएका नेता नेपालले आफू पार्टी फुटाउने पक्षमा नरहेको बताएका हुन् ।

नयाँ दलको केन्द्रीय सदस्यको सूची सार्वजनिक भएलगत्तै नेता नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू एमालेको झगडामा कतै पनि नरहेको भन्दै व्यक्तिगत स्वतन्त्रता कसैको अधिनमा नरहने बताएका छन् ।

नेता नेपालले आफूले एमाले फुटाउन माधव नेपालको पक्षमा हस्ताक्षर नगरेको र पार्टी फुटाउने पक्षमा पनि नरहेको भन्दै नेपाल पक्षले किर्ते जालसाजी गरेको आरोप लगाए । नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य नेपाल नेकपा र हालको एमालेको विवाद दुवै पक्षमा खुलेका थिएनन् ।