सबै अमेरिकी नागरिक सुरक्षित घर फर्केपछि मात्र अमेरिकी सेनाले काबुल छोड्छ : राष्ट्रपति बाइडेन

सबै अमेरिकी नागरिक सुरक्षित घर फर्केपछि मात्र अमेरिकी सेनाले काबुल छोड्छ : राष्ट्रपति बाइडेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी नागरिकलाई सुरक्षित ननिकालेसम्म आफ्नो देशको सेना काबुलमै रहने स्पष्ट पारेका छन् । एबीसी न्यूजका संवाददाता जर्ज स्टीफनोपोलससंगको कुराकानीमा बाइडेनले अफगानिस्तानमा तालिबानले कब्जा गर्नुमा अफगान सरकार र अफगान सुरक्षाबल जिम्मेवार भएको आरोप लगाएका छन् । उनले आफ्नो निर्णयको भने बचाव गरेका छन् ।

बाइडेनले काबुल विमानस्थलमा भएको घटनाबारे सोधिएको प्रश्नमा स्थिती नियन्त्रणमा लिनको लागी उक्त कदम चालिएको दावी समेत गरे ।

बाइडेनले काबुलमा रहेका अमेरिकी नागरीक र सेनालाई बाहिर निकाल्न आफुहरु प्रतिबद्ध रहेको बताए । उनले त्यसका लागी यसअघि अमेरिकाले ३१ अगस्टसम्म दिएको सीमाभन्दा पछिसम्म अमेरिकी सेना अफगानस्तानमा बस्ने संकेत गरेका छन् । बाइडेनले अमेरिकी नागरिक र सेनालाई बाहिर ननिकाल्दासम्म अमेरिकी सेनाको उपस्थिती रहने स्पष्ट पारेका छन् ।

अफगानिस्तानमा अहिले पनि १५ हजारभन्दा बढी अमेरिकी नागरिक रहेको अनुमान गरिएको छ । त्यसका साथै ६५ हजार भन्दा बढी अफगानीले देश छोड्न खोजेका छन् ।

काबुल विमानस्थल जान तानिबानले अवरोध गरेपछि अमेरिकाले उनिहरुलाई अवरोध नगर्न चेतावनी दिएको छ । अमेरिकी उपविदेशमन्त्री वेंडी शरमनले तालिबानको बारेमा यस्तो खवर आएको भन्दै तालिबानले अमेरिकासंग गरेको प्रतिवद्धता विपरितको काम भएको आरोप लगाइन ।

उनले तालिबानी अधिकारीहरुसंग अमेरिकी अधिकारी सम्पर्कमै रहेको र अफगानिस्तानमा फसेका अमेरिकी र अन्य देशका नागरिकलाई बीना कुनै अवरोध सुरक्ष्मित बाहिर जान दिनुपर्ने स्पष्ट पारिएको जानकारी समेत दिएकी छन् ।