सुदूरपश्चिम प्रदेशको नाम भीम रावलका नाममा राख्नुपर्छ भन्ने सांसदले नै रावलको साथ छोडिन

सुदूरपश्चिम प्रदेशको नाम भीम रावलका नाममा राख्नुपर्छ भन्ने सांसदले नै रावलको साथ छोडिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली – टेलिभिजनमा अन्तर्वार्ताका क्रममा सुदूर पश्चिम प्रदेशको नाम भीम रावलका नामबाट राख्नु पर्ने बताउने माया भट्टले नै भीम रावलको साथ छोडेकी छन् ।

पूर्व वन,वातावरण, उद्योग तथा पर्यटन मन्त्री भट्टले रावलको साथ छोड्दा धेरैलाई चकित पारेपनि यो हुनु स्वाभाविक थियो । उनले एक अन्तर्वार्तामा आफू रावलको खल्तीको नेता भएको समेत भन्न भ्याएकी थिईन । आफैलाई रावलको खल्तीको नेता बनाउने भट्टले किन रावलको साथ छोडिन,धेरैले बुझ्न सकेका छैनन ।

उनलाई मन्त्री पदबाट रावलले हटाउनु त्यसको मुख्य कारण मानिन्छ । माया भट्ट आफूलाई मन्त्री पदबाट हठात हटाएपछि रावलसंग असन्तुष्ट थिईन । यद्दपि त्यही कारणले मात्र उनले रावलको साथ छोडेकी होईनन, स्रोतले भन्यो, भट्ट पहिले देखि नै माधव नेपालको पक्षमा थिईन ।

अहिले नेपालले पार्टी दर्ता गरेपछि उनले नेपाललाई साथ दिएकी हुन् । नेपालले नेकपा एमाले समाजवादी दर्ता गरेपछि भट्ट नेपालको पक्षमा खुलेर लागेकी छन् ।