एमाले फुटेको भोलिपल्ट प्रचण्ड, माधव र बाबुरामले एउटै मञ्चबाट सम्बोधन गर्दै

एमाले फुटेको भोलिपल्ट प्रचण्ड, माधव र बाबुरामले एउटै मञ्चबाट सम्बोधन गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मुलुकको तीन राजनीतिक दलका अध्यक्षले एउटै मन्चबाट सम्बोधन गर्ने भएका छन् ।

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको भोलिपल्टै तीन अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ’प्रचण्ड’, नवगठित नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आज एउटै मञ्चबाट सम्बोधन गर्न लागेका हुन् ।

समाजवादी केन्द्र, नेपालले आयोजना गरेको ‘एक्काइशौं शताब्दीको मार्क्सवाद र समाजवाद’ बारेको अन्तरक्रिया कार्यक्रममा यी तीन नेता सहभागी हुन लागेका हुन् । कार्यक्रम विहान साढे ११ बजेपछि नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा सुरु हुने आयोजकले जनाएकोछ ।

अन्तरक्रियाको प्रमुख वक्ताको रुपमा प्रचण्ड रहेका छन् भने विशेष वक्ताको रुपमा नेपाल र भट्टराई रहेका छन् । उक्त कार्यक्रममा वामदेव घिमिरेद्वारा लिखित ‘कृषि र समाजवाद’ पुस्तकको विमोचन समेत हुने जनाइएको छ ।