एमाले अध्यक्ष ओलीले आज भक्तपुरबाट विशेष सम्बोधन गर्दै

एमाले अध्यक्ष ओलीले आज भक्तपुरबाट विशेष सम्बोधन गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी कार्यकर्तालाई विशेष सम्बोधन गर्ने भएका छन् ।

एमाले भक्तपुरको आयोजनामा दिउँसो २ बजे चुनदेवीस्थित इम्पेरियल ब्याङ्क्वेटमा सुरु हुने कार्यक्रममा ओलीले विशेष सम्बोधन गर्न लागेका हुन् ।

वरिष्ठ नेता माधव नेपालले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी (नेकपा एमाले समाजवादी) दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको भोलिपल्ट ओलीले विशेष सम्बोधन गर्न लागेका हुन् ।

अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा सम्बोधन गर्न लागेको नेता महेश बस्नेतले जानकारी दिए । आजै एक अर्को कार्यक्रममा माधव नेपालले पनि सम्बोधन गर्ने तालिका छ ।

समाजवादी केन्द्र नेपालले आयोजना गर्न लागेको ‘एक्काइशौँ शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तरक्रिया कार्क्रममा माधव नेपालसहित पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईले पनि एकै मञ्चबाट सम्बोधन गर्न लागेका हुन् ।