काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आज अपराह्न ४ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
आजको बैठकमा समसामयिक राजनीतिक र प्रशासनिक विषयमा निर्णय हुने स्रातले जानकारी दियो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेको थियो । पार्टीभित्र विरोध भइरहेका बेला प्रधानमन्त्री देउवाले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएका हुन् ।
सरकार गठन भएको एक महिना बितिसक्दा पनि प्रधानमन्त्री देउवाले मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । सत्ता गठबन्धनले मन्त्रीको टुंगो नलगाउँदा सरकारले पूर्णता नपाएको हो ।




प्रतिक्रिया