कांग्रेस महाधिवेशनमा उम्मेदवार बनेपछि प्रदेश र जिल्लामा उम्मेदवार बन्न नपाइने

कांग्रेस महाधिवेशनमा उम्मेदवार बनेपछि प्रदेश र जिल्लामा उम्मेदवार बन्न नपाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले आसन्न १५औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी दिने व्यक्ति त्यसपछि हुने प्रदेश तथा जिल्ला कार्यसमितिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने वैधानिक व्यवस्था रहेको स्पष्ट पारेको छ ।

कांग्रेसको विधान २०१७ (संशोधनसहित) मा पार्टीको कुनै तहको अधिवेशनमा प्रतिस्पर्धा गरेको व्यक्ति सोही अवधिमा त्यसभन्दा माथिल्लो वा तल्लो तहको कुनै पनि कार्यसमितिको पदमा उम्मेदवार हुन नपाउने व्यवस्था रहेको जनाउँदै पार्टीले प्रावधान पुन: स्मरण गराएको हो ।

महाधिवेशनको तयारी भइरहेका बेला सदस्य सचिव राजु कटुवालले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत १५औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार भएका व्यक्ति त्यसपछि हुने प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने स्पष्ट पारिएको छ ।

पदेन महाधिवेशन प्रतिनिधि तथा भातृ संघ र शुभेच्छुक संस्थाबाट पदेन प्रतिनिधिका रूपमा आएका व्यक्तिले महाधिवेशनमा केन्द्रीय कार्यसमितिको पदमा उम्मेदवारी दिन नपाउने वैधानिक व्यवस्था रहेको कांग्रेसले जनाएको छ ।

कांग्रेसले महाधिवेशनमा उम्मेदवारी दिन लागेका तथा प्रतिनिधिका रूपमा सहभागी हुने सम्बन्धित सबैलाई विधानमा रहेको व्यवस्थाबारे जानकारी गराउँदै त्यसअनुसार निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।