काठमाण्डु- ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवद्र्धनका लागि सरकारसँग अपिल गरेको छ ।
२६औँ स्थापना दिवसका अवसरमा बिहीवार संस्थाका अध्यक्ष पद्मिनी प्रधानाङ्ग र महासचिव मुकुन्दबहादुर प्रधानले संयुक्त वक्तव्य जारी गरी भ्रष्टाचार नियन्त्रणसँगै कोरोना महामारी नियन्त्रणमा सर्पक्षीय प्राथमिकता जुटाउन सरकारलाई आग्रह गरेका हुन् ।
उक्त विज्ञप्तीमा नेपालमा राजनीति र निजी स्वार्थका लागि पदको दुरुपयोग प्रमुख समस्या भएको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासनलाई राज्यका प्रमुख एजेण्डा बनाउन माग गरिएको छ ।
सरकार गठन भएको एक महिना पुगिसकेकाले मन्त्रिपरिषदलाई पूर्णता दिई सेवा प्रवाहलाई प्रभावकारी बनाउन र राजनीतिक हस्तक्षेत बन्द गर्न पनि विज्ञप्ती मार्फत आह्वान गरिएको छ ।




प्रतिक्रिया