माधवजीको पार्टी सनाखत भएपछि मन्त्रिमण्डल विस्तार हुन्छः प्रचण्ड

माधवजीको पार्टी सनाखत भएपछि मन्त्रिमण्डल विस्तार हुन्छः प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाँडै मन्त्रिमण्डल विस्तार हुने बताएका छन् ।

बिहीबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले हिजोबाट परिस्थिति नयाँ बनेकाले चाँडै मन्त्रिमण्डलको टुंगो लगाउने बताए ।

‘हिजोबाट नयाँ परिस्थिति बनेको छ । आज बिहान हामीहरु प्रधानमन्त्रीजीलगायत नेताहरु बसेका छौं । अब मन्त्रिपरिषद् विस्तार गर्न ढिलो गनुृहुँदैन भन्ने समझदारी बनेको छ । दर्ता भएको माधवजीकाे पार्टी सनाखत भएपछि मन्त्रिमण्डल विस्तार हुन्छ’, उनले भने ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवासहित माधव नेपाल र प्रचण्डबीच भेटवार्ता भएको थियो । आजको भेटवार्तामा मन्त्रिमण्डल विस्तारलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।

माधव नेपालले बुधबार निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) पार्टी दर्ताका लागि निवेदन दिएका छन् । उक्त पार्टी सनाखत भएपछि मन्त्रिमण्डलले पूर्णता पाउने भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई गत साउन ३ गते विश्वासको मत दिएको नेपाल समूहलाई पनि सरकारमा सहभागी गराउन गठबन्धनका नेताहरुले मन्त्रिमण्डल विस्तारमा ढिलाई गरेका हुन् ।