देश छाडेका राष्ट्रपति असरफ घानीले यूएईमा शरण लिएपछि भनेः म भागेको हैन

देश छाडेका राष्ट्रपति असरफ घानीले यूएईमा शरण लिएपछि भनेः म भागेको हैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी-  अफगानिस्तानका राष्ट्रपति असरफ घानीले आफ्नो देशमा शरण लिएको संयुक्त अरब एमिरेट्स (यूएई) ले बताएकाे छ ।

गत आइतवार तालिबान राजधानी काबुलमा प्रवेश गरेपछि घानीले देश छाडेका थिए । यूएईको विदेश मन्त्रालयले मानवीयताका आधारमा घानी र उनको परिवारलाई स्वागत गरिएको जनाएकाे छ ।

बुधवार अबेर जारी गरेको एउटा भिडिओमा घानीले आफू देशबाट नभागेको दाबी गर्दै देशलाई ठूलो दुर्घटनाबाट बचाउन देश छाडेको बताएका छन् । उनले भने, ‘रक्तपात र अराजकतालाई रोक्न सकियोस् भनेर अहिलेका लागि म एमिरेट्समा छु । हाल म अफगानिस्तान फर्कनेबारे छलफलमा रहेको छु ।’

फेसबुकबाट प्रत्यक्ष सम्बोधन गरेका उनले देश छाड्ने क्रममा ठूलो मात्रामा रकम लिएर गएको भन्ने हल्लालाई त्यो पूर्ण रूपमा आधारहीन झुट भएको भन्दै अस्वीकार गरेका छन् ।