कोरोना महामारी नियन्त्रण गर्न उच्चस्तरीय समिति गठन

कोरोना महामारी नियन्त्रण गर्न उच्चस्तरीय समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना महामारीको व्यवस्थापन र नियमित स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरिएको छ ।सरकारले बिहीबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेको हो ।

गठित समितिको उपाध्यक्षमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, सह–उपाध्यक्षमा प्रमुख विशेषज्ञ डा. दिपेन्द्र रमण सिंह र सदस्य सचिवमा नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनी रहेका छन् ।

यस्तै समितिको सदस्यहरुमा डा. रामपदारथ बिच्छा, डा. वासुदेव उपाध्याय, भरत भट्टराई, डा. कृष्णप्रसाद पौडेल र डा. रुद्र मरासिनी छन् ।