बिहीबार ३०७५ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो

बिहीबार ३०७५ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ४० हजार नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४६ पीसीआर र ४ हजार ४९२ एन्टिजेन परीक्षणमा ३ हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर २ हजार १ सय २६ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ ।

आज काठमाण्डु उपत्यकामा ८६८ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाण्डुमा ६३९, ललितपुरमा १२७ र भक्तपुरमा १०१ जना संक्रमित भेटिएका छन् ।

साथै नेपालमा सक्रिय संक्रमितको संख्या ४० हजार पाँच सय पुगेको छ ।