काठमाण्डु – कुमारी बैंक लिमिटेडको उपत्यका बाहिर ३ शाखा संचालनमा आएको छ । प्रदेश १ को सुनसरीस्थित आँपगाछी शाखा, प्रदेश २ को वीरगञ्जस्थित प्रतिमाचोक शाखा, र गण्डकी प्रदेश कास्कीस्थित काहु‘खोला शाखा गरी ३ वटा शाखा औपचारिक रुपमा सन्चालनमा ल्याएको बैंकले विज्ञप्ती मार्फत् जानकारी दिएको छ।
यसका साथै कुमारी बैंक लिमिटेडको देशभरी नै १९६ वटा शाखा कार्यालयहरू विस्तार भइसकेका छन् । काठमाण्डु उपत्यकामा ४६, उपत्यकाबाहिर १५०, तथा १३ वटा एक्स्टेन्सन काउन्टरहरूबाट बैंकले ग्राहकहरूसमक्ष सेवाहरू प्रदान गरिरहेको छ ।
कोरोनाभाइरसको महामारीले ल्याएको विषम परिस्थितिमा पनि बैंकले ग्राहकवर्गहरुको सेवालाई मध्यनजर गर्दै थप शाखाहरु बिस्तार गरेको हो ।




प्रतिक्रिया