एजेन्सी- मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अह्मद शाहले इस्मेल साब्री याकोबलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। शुक्रबार राजा अह्मद शाहले ६१ वर्षीय याकोबलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
संसदमा बहुमत नपुगेपछि गत सोमबार मुहिद्दिन यासिनले राजीनामा दिएका थिए । उनी प्रधानमन्त्री हुँदा याकोब उपप्रधानमन्त्री थिए । याकोबले बहुमत भएको पुष्टि गर्न सदनमा विश्वासको मत लिनुपर्ने जनाइएको छ ।




प्रतिक्रिया