एजेन्सी – मलेसियाको प्रधानमन्त्रीमा इस्माइल सब्री याकुब नियुक्त भएका छन् ।
मलेसियामा सबैभन्दा लामो समय सत्ता संचालन गरेको युनाइटेड नेश्नल अर्गनाइजेशन पार्टीका भेट्रान नेता याकुबले देशको नवौं प्रधानमन्त्रीका रुपमा शनिवार सपथ लिएका हुन् ।
कोभिड १९ संक्रमण महामारी नियन्त्रणमा असफल भएको भन्दै गठबन्धले साथ छाड्ने निर्णय गरेपछि मुहिद्दिन यासिनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।
यासिनले राजीनामा दिएपछि राजा अल सुलतान अब्दुल्लाहले याकुबलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । याकुब मुहिद्दिनकै मन्त्रिपरिषदमा उपप्रधानमन्त्री थिए ।




प्रतिक्रिया