एमालेले माग्यो लुम्बिनीका सभामुखको राजीनामा

एमालेले माग्यो लुम्बिनीका सभामुखको राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीको राजीनामा माग गरेको छ । आफुले कारबाही गरेका दुई सांसद विमला खत्री वली र अजय शाहीको पद जोगाइदिएपछि एमालेले सभामुखको राजीनामा माग गरेको हो ।

विज्ञप्ति जारी गर्दै एमालेले भनेको छ, ‘सभामुख जस्तो गरिमामय पदमा आसीन रहेको अवस्थामा पटक पटक पद अनुकूलको आचरण नगरी प्रदेश सभाको गरिमामा आँच आउने काम गर्नु भएकोले नेपालको संविधानको धारा १८२ को उपधारा (६) को देहाय खण्ड (ग) एवं प्रदेश सभा नियमावली, २०७४ को नियम १८० वमोजिम नीजले पद अनुकूल आचरण नगरेको व्यहोरा यस प्रेस विज्ञप्ती मार्फत जानकारी गराउँछौ ।’

सांसदद्धय शाही र वलीले पेश गरेका कागजातका आधारमा सदनमा जानकारी दिन नपर्ने भन्दै सभामुख आफै न्यायाधिश बनेर फैसला गरेको एमालेको आरोप छ ।

‘निज सभामुख आवद्ध नेकपा माओवादी केन्द्र पार्टीका प्रदेश सदस्यहरुलाई पार्टी केन्द्रले निष्काशन गरेको जानकारी प्रदेशसभालाई २४ घण्टाभित्र सूचना टाँसी सार्वजनिक गर्ने सभामुखले नेकपा एमाले संसदीय दलले गरेको कारवाहीलाई उल्टै न्यायाधीशले जस्तै फैसला गरी सदनमा जानकारी गराउन नपर्ने भन्ने निर्णय विधिको शासन विपरीत, पक्षपातपूर्ण र संसदीय मूल्यमान्यता विपरीत छ ।’